FAQs Complain Problems

संक्षिप्त परिचय

तारकेश्वर गाउँपालिकाको संक्षिप्त
परिचय
नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका,उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ। त्रिशुलिको किनारमा रहेको र नेपाल चिन रेलमार्गको स्थलगत अवलोकन समेत यहिबाट भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सक्ने हो भने सम्रिद्दिको राम्रो सम्भावना देखिन्छ।
राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सेमत परिचय बनाउन सफल गोरु जात्रा तेस्तै ढिकि जातो चुलो लगायतका ऐतिहासिक, सास्कृतिक एवम प्राकृतिक सम्पादकआ का कारण यसको पर्यटकिय सम्भावना पनि देखिन्छ।
७२.६२ वर्ग कि मि फैलिएको तारकेश्वर साविकको तारुका, बुधसिङ, दाङसिङ, गोर्स्याङ र खड्कभन्ज्याङ्को वडा न १,२ र३ मिलेर बनेको तारकेश्वर गाउँपालिकको जनसंख्या २०६८ सालको जनगणना अनुसार १५७१९ छ।