FAQs Complain Problems

समाचार

तारकेश्वर गाउँपालिकाको स्थानीय पाठ्यक्रम र शैक्षिक क्यालेन्डर विमोचन कार्यक्रम -२०८०

तारकेश्वर गाउँपालिकाको स्थानीय पाठ्यक्रम विमोचन भएको छ । आज गाउँपालिकामा आयोजित एक कार्यक्रम बिच गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमसँगै नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर विमोचन गर्नुभएको छ । विमोचनपछि आजैदेखि गाउँपालिकाभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । संघीयता कार्यान्वयनको सातौं वर्षमा गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गरेको हो र गाउँपालिका भरिका जनप्रतिनिधि, कर्मचारी तथा प्रधानाध्यापकहरूको उपस्थितिमा सम्पन्न विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समाजको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने भनेर बताउनु भएको छ । शिक्षाको गुणस्तर सुधारका लागि आफूले सुरु गरेका कार्यक्रमहरू निरन्तर र प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास दिलाउँदै उहाँले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी रहेको खुलासा गर्नु भएको छ । पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिँदै अध्यक्ष अधिकारीले पाठ्यक्रमलाई परिष्कृत गर्दै लैजाने बताउँदै त्यसका लागि आवश्यक सल्लाह सुझाव दिनुहुन उपस्थित सबैमा आग्रह गर्नुभएको छ ।

आर्थिक वर्ष: